सम्पादकीय

विचार / लेख

२०७ औँ भानुजयन्तीका अवसरमा नेपाली सञ्चारमाध्यममा एउटा सुखद समाचार
आयो । त्यो समाचारले धेरै अन्वेषक र पुस्तकप्रेमीहरूमा सकारात्मक ऊर्जा थप्यो । त्यो समाचार
थियो— अन्वेषक शिव रेग्मीको निजी सङ्कलनमा रहेका तीन हजार दुई सय सत्ताईस थान पुस्तक
र पुस्तककको सूची रेग्मीकी सुपुत्री शैलजा रेग्मीले कुलपतिमार्फत प्रज्ञा–पुस्तकालयलाई हस्तान्तरण
गरेको । पुस्तकदाता रेग्मीलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति एवम् पर्यटन मन्त्री योगेश
भट्टराईले दोसल्ला ओढाई आभारपत्रका साथ सम्मान गरेको । यो समाचारले प्रज्ञा–पुस्तकालयको
गरिमा बढेको अनुभूतिसँगै धेरै पुराना महŒवपूर्ण सामग्री पढ्न पाइने आशाको सञ्चार नेपाली प्राज्ञिक
जगत्मा छाएको छ ।
नेपाली साहित्य परम्पपरामा शिव रेग्मीको पुराना सामग्रीको संरक्षण र नितको
सार्वजनीकीकरणमा निकै विशिष्ट योगदान रहेको छ । उनको बहुआयामिक साहित्यसेवामध्ये एउटा
महŒवपूर्ण पाटो साहित्यिक महत्त्वका सामग्रीहरूको सङ्कलन र संरक्षण पनि हो । आखिर ती
एउटा व्यक्तिको सत् प्रयासबाट नेपाली प्राज्ञिक जगत्ले आज अर्को पुस्तकालय खोल्न पुग्ने सामग्री
प्राप्त ग¥यो । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा–पुस्तकालय भनेको अधिकांश विद्वान्, अध्येता तथा
अनुसन्धानकर्ताको सहयोगका लागि स्थापित सन्दर्भ–पुस्तकालय हो । यस पुस्तकालयको एउटा
वाचनालय पनि छ । हाल नेपाल–भारत सयोगमा विशेष सुविधासहितको अत्याधुनिक ई–लाइब्रेरी
भवनको निर्माण कार्य पनि सकिएको छ । पुस्तकालयको हलमा प्रतिष्ठानले गोष्ठी, सभा, सम्मेलन
आदि गर्दै आएको छ । यस पुस्तकालयको इपुस्तकालयीकरण गरिएको छैन तर योजना छँदैछ ।
यसको निर्माणमा विदेशी सहयोग अलि खड्कँदो विषय भए पनि पुस्तकालय भवन निर्माण आफैमा
विशेष प्रशंसनीय पक्ष हो । यसमा शिव रेग्मी जस्ता विशिष्ट अध्येताका समग्र सङ्कलन थपिनु
पुस्तकालय निर्माणमा टाँसिएको विदेशी नामलाई चिर्ने उज्यालो चेतना सामथ्र्य हो ।
प्रज्ञा–पुस्तकालयलाई रेग्मीको सङ्कलनका पुस्तक प्राप्त भएको खबर पाएर प्रज्ञा–
पुस्तकालयमा जाँदा छुट्टै ¥याक बनाएर उनका सङ्कलनका पुस्तकलाई ‘वरिष्ठ अन्वेषक शिव
रेग्मीज्यूको निजी पुस्तकालयमा रहेका पुस्तकहरूमध्ये उहाँको उत्तराधिकारीका रूपमा रहनुभएकी
उहाँकी सुपुत्री शैलजा रेग्मीद्वारा प्रज्ञा–प्रतिष्ठानलाई उपहार स्वरूप प्राप्त पुस्तकहरू’ भनेर रेग्मीको
श्यामश्वेत फोटोसहित राखिएको पाइयो । यो देख्नासाथ रेग्मीप्रतिको श्रद्धा चुलिएर र प्रतिष्ठानको
कदमप्रति पनि आदर जागेर आउनु स्वाभाविक हो । तिनै आदरणीय पात्र शिव रेग्मीमा भानु मासिक
पात्रिकाको सम्पादकीय अभिवादन ।
अन्वेषक शिव रेग्मी (१९९८–२०७५) को सारभूत परिचय र कृतिŒव यो एउटै सम्पादकीय
लेखमा सम्भव छैन । उनी ७७ वर्षको उमेरमा २०७५ फागुन ८ गते शनिबारका दिन हामीलाई दर्जनौँ
कृति र सयौँ लेख, अन्तर्वार्ता र महŒवपूर्ण सूचनाहरू छोडेर गए । उनको जन्म १९९८ असोज
एक गते ठमेल काठमाडौँमा भएको थियो । उनी जन्मिएकै नेपाली साहित्यका पुराना सामग्रीहरूको
अन्वेषण र सङ्कलनका लागि थिए भन्नु अत्युक्ति हुँदैन । उनी जस्ता महान् प्रतिभालाई श्रद्धा
अर्पण गर्ने यो प्रज्ञा–प्रतिष्ठानसँग जोडिएको सन्दर्भ भानु पत्रिकाका लागि पनि गौरवको विषय हो ।
÷घ
शिव रेग्मीले संसार छाडेलगत्तै नेपाली प्राज्ञिक जगत्मा छाएको साझा चिन्ता थियो ः
रेग्मीका सामग्री कसले कहाँ कसरी राख्ला ? कारण शिव रेग्मी नेपाली पत्रपत्रिका र ग्रन्थहरूका
सबभन्दा ठुला सङ्कलक, अध्येता र अन्वेषक थिए । नेपाली वाङ्मय सङ्कलनको अग्रणी संस्था
मदन पुरस्कार पुस्तकालयले उनको निधनलगत्तै ट्विटरमा लेखेको थियो कि ‘नेपाली साहित्यको
अध्ययन–अनुसन्धान तथा ऐतिहासिक सामग्रीहरूको सङ्कलनमा विशिष्ट योगदान गर्नुहुने,
जगदम्बा–श्री २०७० बाट सम्मानित शिव रेग्मीज्यूप्रति हार्दिक श्रद्धाञ्जली !’ यो चिन्ता धेरैले गरे ।
वास्तवमै नेपाली भाषामा प्रकाशित सामयिक पत्रपत्रिका र कृतिका इतिहासज्ञहरूमध्ये शिव रेग्मी
अग्रगन्य थिए भन्ने कुरा तत्काल आएका लेख रचनाले पनि देखाउँथे । नेपाली अनुसन्धाताहरूले
रेग्मीको ज्ञान, अनुभव, उदारता र सदासयताबाट धेरै कुरा पाएको यथार्थ कहीँ कतै छिपेको छैन ।
रेग्मी इमानदार र त्यतिकै स्वाभिमानी तर नेपाली साहित्य एवम् वाङ्मयका लगनशील साधक
थिए । उनलाई नेपाली साहित्य परम्परामा साधु साधकका रूपमा चिनाउन सकिन्छ । उनले जे गरे
निस्वार्थ सेवाभावले गरे ।
शिव रेग्मीको प्राज्ञिक जीवन सफल रहे पनि जीवनकथा एउटा आरोहअवरोहपूर्ण
चलचित्रझै अगाडि बढेको थियो । उनी साढे दुई वर्षको छँदा माता र १० वर्षको नहुँदै पिताको
मायाबाट बञ्चित बनेका थिए । उनको अभिभावकत्व उनीभन्दा १० वर्ष जति जेठा दाजु–भाउजू
(रामप्रसाद र सावित्री) का हातमा थियो । उनीहरूको घर काठमाडौँको ठमेलमा भएकाले पढ्नुपर्छ
भन्ने वातावरण उनले बाल्यकालमै प्राप्त गरेका थिए । उनी पढ्ने पाठशाला क्षेत्रपाटीको जेपी स्कुल
थियो । उनको पढाइ त्यस स्कूलमा मात्र सीमित नरही साहित्यिक किताबहरूबाट विस्तारित बन्न
थालेको र २००७ सालपछि चलेको अभिव्यक्ति स्वतन्त्रको र शिक्षाको लहरले अझ ऊर्जा थप्तै
ल्याएको देखिन्छ ।
बेलैमा पितामाताको मायाबाट बञ्चित हुनुपरेकाले पनि उनी अन्तर्मुखी स्वभावका
बने । त्यही अन्तर्मुखी स्वभावस्वरूप उनले किताब र पत्रपत्रिका जस्ता पाठ्य सामग्रीलाई साथी
बनाए । उनका स्कुलका गुरुहरूमा पनि साहित्यिक अभिरुचि हुनु त्यतिखेरका नेपाली विषयका
पाठ्यपुस्तकमा बढी साहित्यसम्बन्धी सामग्री पढ्न पाउनु जस्ता कुराले उनी साहित्यका पाठक र
लेखक बने । उनले २०१५ सालमा एस.एल.सी. दिंदासम्ममा नै पाठ्यपुस्तकमा भन्दा साहित्यिक
पुस्तकहरूमा बलियो भइसकेको कुरा २०७१ सालमा जगदम्बा–श्री पुरस्कार अर्पण समारोहमा
प्रस्तुत मन्तव्यमा व्यक्त गरेका थिए । उनको अन्तर्मुखी स्वभावका कारण उनका वैयक्तिक कुराहरू
धेरै बाहिर आउन सकेनन् । उनले जनमत मासिकले हृदयचन्द्रसिंह स्मृति सम्मान अर्पण गरेको
समारोहमा मन्तव्य नै दिन चाहेका थिएनन् । उद्घोषकले उनलाई मैनवत्तीको विम्बमा राख्दै भनेका
थिए ः मैनबत्तीको काम बल्ने मात्र हो, आफ्नो उज्यालो कति छ भन्ने आफै के थाहा पाउनु र ?
संस्थाले त्यो उज्यालो देख्यो र सम्मानका लागि उपयुक्त ठहरायो ।
नेपालको प्रजातन्त्र प्राप्तिको आन्दोलनको सफलतासँगै नेपालमा सुरु भएको
जनजागरणका प्रतीक स्वरूप काठमाडौँका केही टोलमा ससाना पुस्तकालय खुलेका थिए । शिव
रेग्मीको घर नजिकैको नवीन विकास मण्डल नामको पुस्तकालय उनको पुस्तक मोहलाई शान्त
गर्ने स्थल बनेको पाइन्छ । पछि उनले पढेका संस्थाका र प्राय सार्वजनिक र राष्ट्रिय पुस्तकालय
चहारेर रुचिका पत्रिका र पुस्तकहरू पढे । उनले दिएको कुनै अन्तर्वार्ताअनुसार उनले पढेका
द्ध÷
पत्रपत्रिका क्रम मिलाएर राख्दा राख्दै र पढ्न छुटेका अङ्क खोजेर सेट मिलाउँदा मिलाउँदै
हामीले चिनेको सङ्कलक र अन्वेषक शिव रेग्मीको छवि विकसित भयो । आज त्यही सङ्कलक
र अन्वेषकले जीवनकालमा कुनै सेवा गर्ने जिम्मेवारी नपाएको भए पनि देशको प्राज्ञिक थलो
नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञिक सामग्री उपहारको थुप्रो लगाइदियो । यो योगदान पूर्वकुलपति र
प्राज्ञहरूको भन्दा उच्च ठानेर प्राज्ञिक जगत्ले उनको आदर गरिरहने छ ।
रेग्मीको जीवन निकै उतारचढावपूर्ण रह्यो । उनी युवावयमै टिभी रोगबाट आक्रान्त
थिए । त्यसबेला टिभी रोगको भरपर्दो उपचार विकास भइसकेको थिएन । नारायणहिटी दरबारमा
जागिरे उनका दाजु रामप्रसादले त्यहाँको शक्तिलाई नै गुहारेर भाइलाई टोखास्थित सेनेटोरियममा
भर्ना गरी बचाएको पाइन्छ । उनी सेनेटोरियममा २५ महिना बसेर घर फर्कँदा उनको अन्तर्मुखी
स्वभाव अझ अन्तर्मुखी र अध्ययन मोहमा बदलियो । उनी विस्तारै पहिलेकै जस्तो काम, अध्ययन
र सङ्गतमा निरन्तर लागिरहे । कविता, कथा, समीक्षा र अन्वेषणमुखी सामग्री लेख्न थाले । हरेक
लेखकको जेठो विधा कविता भए जस्तै रेग्मी पनि ‘कविता, कथा, समीक्षा, हुँदै अनुसन्धानतिर
मोडिए ।
रेग्मीलाई ज्ञान प्राप्तिको गहिरो तृष्णा थियो । त्यो तृष्णासँगसँगै उनी आफ्नो परिवारका
ेअनुशासित सदस्य पनि थिए । हरेक दिन समयमा घर फर्कने रेग्मी २०२४ सालको कुनै एक
साँझ घर नफर्किएपछि परिवारमा शङ्काको हुन्नरी मच्चिएको थियो । भाइको खोजीमा जान
दाजुले कोट लगाउने क्रममा खल्तीमा एउटा चिठी भेटिएपछि तीन वर्षदेखि दाजु भाउजूसामु
नखोलिएको उनको घर छोड्ने विचार र योजना सार्वजनिक भएको प्रसङ्ग उनका जीवनको नयाँ
अध्याय बन्यो । शिव रेग्मी त्यसै दिनदेखि वटु टोलकी ज्वाला बज्राचार्यसित डेरामा बस्न थालेका
रहेछन् । उनी बिरामी भएर घर फर्किएपछि उनलाई नियमित इन्जेक्सन दिएर रोग नियन्त्रण गर्नुपर्ने
कामका लागि टोखाबाट नियमित रेग्मीको घरसम्मै आएर सुइ लगाइदिने नर्स ज्वाला बज्राचार्य नै
उनकी जीवनसाथीका रूपमा छानिएकी रहिछन् । टोखाको अस्पतालले उनलाई रोगबाट मुक्ति,
पुनर्जीवन र जीवनसाथी नै दिएको रहेछ । त्यसबेलाको अन्तरजातीय प्रेम ! टिभी रोगीसँग छोरीको
विवाहले भएको बज्राचार्य परिवारको खटपट र ब्राह्मण रेग्मीका छोराको बज्राचार्यकी छोरीसँगको
विवाहले रेग्मी परिवारमा छाएको खट्पटीलाई राम्रैसँग अनुमान लगाउन सकिन्छ । त्यही सम्बन्धको
औपचारिकीकरणसँगै दुवै परिवारमा करिब डेढ, दुई वर्ष आउजाउ नभएर उनीहरूको जीवन बलियो
बनेको कथा सुन्दा मात्र पनि रोचक लाग्छ ।
बोलचाल हराएका दाजु बिरामी परेपछि भाइ शिव रेग्मी आफ्नी नर्स पत्नीको सेवासहित
दाजुलाई भेट्न गएको घटनाले त्यस पुरानो कथालाई अझ रोचक बनाउँछ । मिल्न निहुँ चाहिएका
दाजुभाइका परिवारको मिलनताका उनीहरूकी छोरी शैलजा जन्मिसकेकी थिइन् । ज्वालालाई
अल्जाइमर्सले नगाँजेसम्म यी दुईको दाम्पत्य जीवन ४८ वर्ष विना ठाकठुक हार्दिकतापूर्वक चलेको
कुरा छोरी शैलजाबाट थाहा हुन्छ । उनी अन्तर्जाजीय विवाहकै कारण पनि त्यस सामाजिक
चेतनाभन्दा अग्रगामी चेतनाका लेखक थिए बन्ने बुझिन्छ । उनको जीवनीका बहुआयामको खोजी
यहाँ सम्भव छैन ।
उनी निरन्तर पढिरहने लेखिरहने साधु साधक थिए । अतीतका पाना (२०६३)
खोजीनीति (२०६९), खोजीमेली (२०७३) नेपालमा आमसञ्चारको विकास (२०५८) भूपि शेरचनका
÷छ
कविता (२०५७) शारदाका सम्पादकीयहरू (१९९०–२०२०), नेपाली कविताको भूमिकै भूमिका
(२०५९) कमल दीक्षित ः दृष्टि र दृष्टिकोण (२०६०), भाषा पद्यसङ्ग्रह (२०६२) हृदयचन्द्रका
केही सिर्जनाहरू (२०६४) । महाकविका भूमिका (२०६६), महाकवि देवकोटाका निबन्ध
(२०६६), महाकवि देवकोटा शताब्दी महोत्सव (२०६८) शङ्कर लामिछानेका निबन्ध (२०६८),
राजीनामा ः भैरव अर्यालका विविध रचना (२०७१) तारणीका कविता (२०७१), भीमनिधिका भूमिकाहरू
(२०७२) गोरखापत्र ः सय वर्षका १०१ कथा (२०५८), । मोतीराम भट्ट र संगर्गी कवि (२०६०)
गोरखापत्रका एक सय एक निबन्ध (२०६०) ध.च. गोतामे ः सम्झनाका पाइलाहरू (२०६४)
गोरखापत्रको इतिहास (२०६७) बन्दीपुरका कवि लेखक साहित्यकार (२०७०) जस्ता कृतिले नेपाली
साहित्य परम्पराका अनेक लुकेछिपेका कुरा बाहिर ल्याएका छन् । उनले ओझेलमा परेका थुप्रै
पात्र, परिवेश र विषय उधिनेका छन् । उनैको कलमले लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन,
शङ्कर लामिछाने, भैरव अर्यालजस्ता लेखकका पुस्तकमा नपरेका तर विभिन्न पत्रपत्रिकामा
छापिएका फुटकर रचनालाई सङ्कलन गरेर पुस्तकाकारमा छाप्ने, शारदाका सम्पादकीय, महाकवि
लक्ष्मीप्रसाद देवकोटाका भूमिका, निबन्ध आदिका सङ्कलन, गोरखापत्र, उद्योग, सुन्दरीजस्ता
पत्रत्रिकाका रचना र लेखक पहिचान आदिमा ठुलो श्रम र समय खर्च गरेका छन् । उनले नेपाली
प्राज्ञिक जगत्ले पहिल्याउन नसकेका र बिर्सिइसकेका थुप्रै पुराना पत्रपत्रिका, रचना र ग्रन्थको
इतिहास उत्खनन् गरेका छन् । उनको खोजीमेली कृतिले जिउँदा सहिद टङ्कप्रसाद आचार्यका
कविता, सहिद गङ्गालाल श्रेष्ठ, इतिहासकार बाबुराम आचार्यले लेखेका कविता र अन्य रचनाको
रहस्य खोतलेका छन् ।
गोपालप्रसाद रिमालको आमाको सपनाको पहिलो संस्करणमा ‘सहिदहरूसित’ कविता
भि, किएको रहस्य र अन्य कविताको अन्वेषण उनैबाट भएको हो । उनका कलमले कवि भवदेव
पन्तको खोजी, हाम्रो श्रुतिपरम्परालाई पहिलोपल्ट नेपाली दन्त्यकथा (१९९६) नाममा लिखितम
स्वरूप दिएर लोकसाहित्यमा अमूल्य योगदान दिएका बोधविक्रम अधिकारी विसं १९५१ मा तनहुँमा
जन्मेका हुन् भन्ने दाबीलगायत धेरै दाबी र तथ्यहरू विश्वसनीय ढङ्गले बाहिर ल्याएका छन् ।
उनैले राल्फ लिले टर्नरले बनाएको अ कम्पेरेटिभ एन्ड इटिमोलोजिकल डिक्स्नरी अफ द नेपाली
ल्याङ्ग्वेजमा बोधविक्रम अधिकारीको योगदान रहेको तथ्य बाहिर ल्याए । रेग्मीका अनुसार अधिकारी
अङ्ग्रेजीमा एम.ए गर्ने पहिलो नेपाली थिए । रेग्मीले लेखनाथ पौडेल र चक्रपाणी चालिसेका कतिपय
रचनाका विवादलाई सुल्झाउने प्रयास पनि गरेका छन् । उनले भानुभक्त र मोतीरामका रचनाको
विवादलाई पनि उपयुक्त तथ्यका साथ समाधान दिने प्रयत्न गरेका छन् । उनैको अन्वेषणबाट
पहिलो नारी कथाकार कुमारी तुषारमल्लिका पत्तो लागेको पक्ष नेपाली नारी हस्ताक्षरका अन्वेषणको
आधार सामग्री बनेको छ । शिव रेग्मीको वाङ्मयिक सेवाका सबै पक्ष यहाँ समेटेर साध्य नहुँदानहुँदै
पनि रेग्मीप्रति अनेक आभार अनेक श्रद्धाञ्जलीसहित भानुको हार्दिक सम्पादकीय अभिवादन ।
रेग्मीका सामग्रीलाई प्रज्ञा–पुस्तकालयले सुरक्षित राख्न सकोस् भन्ने कामना । रेग्मीजस्ता अन्य
साधकका सङ्कलनमा रहेका सामग्रीलाई पनि प्रज्ञा–पुस्तकालयजस्तै सार्वजनिक एवम् सरकारी
पुस्तकालयमार्फत राज्यले संरक्षण गर्न सकोस् भन्ने कामना !
— सम्पा

Loading...