गजल
मानन्धर अभागी सौभाग्यशाली वर्तमान पुस्ताका सक्रिय स्रष्टा हुन् । उनी गजल
सिर्जनामा निकै अगाडि देखिएका छन् । यिनी तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् । साँखु
बलम्बुटारमा बसोबास गर्ने यिनले अभिनव साहित्य प्रतिष्ठानबाट वेदमणि अभिनव वर्ष गजल
पुरस्कार प्राप्त गरेका छ्न् । यहाँ उनको एउटा गजल प्रस्तुत गरिएको छ । यस जगजलमा
वियोगान्त प्रेम प्रसङ्गसँगै मानवीय सम्बन्धको दुःखान्त नियतिलाई समेटेको देखिन्छ । —
सम्पा
जसले मेरो जवानी उधारो मागेर गयो
आफूले दिन नमान्दा गुनासो राखेर गयो
कति स्वार्थी हुँदो रै’छ राताराता आँखा पार्दै
तथानाम फलाकेर बाटोमै तात्तेर गयो
झुल्न देऊ वा भुल्न देऊ मायामा कस्तो सम्झौता !
लौ तिम्रो नासो भन्दै तस्वीर फ्याँकेर गयो
फूलहरूमा झुम्ने ऊ भँवराजस्तै रहेछ
सधैँको अपराजित आज हारेर गयो
मायाको त्यो बिछोडमा आज आधा लास भएछु
म¥यो भन्ने हल्ला सुन्दा खुसी मनाएर गयो ।
ìì साँखु, सलम्बुटार, काठमाडौँ
