श्रमशक्ति, कलाकृति र सौन्दर्यबोध
चैतन्य (२००३, साउन १५, खैराङ ७ प्युठान, सुपुत्र: शशिधर वैद्य र जानुका
वैद्य) नेपाली राजनीति, साहित्य र दार्शनिक क्षेत्रमा सुपरिचित बौद्धिक व्यक्तित्व हुन् । उनको
पूरा नाम मोहन वैद्य हो । उनले साहित्यमा आफूलाई किरण र चैतन्य उपनामबाट चिनाउँदै
आएका छन् । उनी नेपाली साहित्य र मौलिक समाजशास्त्रीय एवम् राजनीतिक शास्त्रीय
चिन्तनका विशिष्ट प्रतिभा हुन् ।
चैतन्य नेपाली साहित्य र राजनीति शास्त्रमा स्नात्तकोत्तर प्रतिभा हुन् । यी
दुई विषयको अध्ययनलाई उनले साहित्य सिर्जना, समीक्षा, सौन्दर्यशास्त्रीय चिन्तन र
अनुचिन्तनबाट बचाएका छन् भने राजनीतिशास्त्रको उच्चशिक्षालाई नेपाली कम्युनिस्ट
राजनीतिका नेतृत्व तहमा रहेर मार्गदर्शन गरिरहेका छन् । उनी न्याय दर्शनमा शास्त्री पनि हुन्
उनले त्यही न्यायदर्शनको शास्त्रीय ज्ञानलाई नेपाली मौलिक दार्शनिक चेतनाको विकासमा
निरन्तर उपयोग गरिरहेका छन् । उनका लेख रचनाहरू नेपाली समाजका बौद्धिक सामग्री
बनेर प्राप्त छन् । उनी २०२१ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सहभागी छन् । उनी
२०२१ सालमा पार्टीको सदस्यता लिएर निरन्तर अहिलेसम्म राजनीतिक क्षेत्रमै निष्टापूर्वक
संलग्न हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई निकै निष्ठाका साथ अगाडि बढाइरहेका
छन् । साहित्य क्षेत्रमा उनको पहिलो रचना ‘समस्यापूर्ति’ शीर्षकमा वनारसबाट प्रकाशन हुने
सुमन पत्रिकामा २०१८ सालमा प्रकाशन भएको थियो । उनका सिर्जनातर्फ लाहुरेको रहर
(२०३७) खण्डकाव्य प्रकाशित छ । उनका धेरै सिर्जनात्मक कृतिहरू प्रकाशनको उज्यालो
पर्खिइरहेका छन् । उनी पछिल्ला दिनमा राजनीतिक सक्रियतासँगै क्रमशः समीक्षा सैद्धांतिक
समीक्षा र मूलतः सौन्दर्यशास्त्रका चिन्तन र अनुचिन्तनमा केन्द्रित छन् । उनका द्वन्द्वात्मक
भौतिकवाद के हो ? (२०४२), माक्र्सवादी कलादृष्टि र समीक्षा (२०५४), सङ्घर्षको
दर्शन (२०६०) नेपाली समाज र संस्कृति एक एक सङ्क्षिप्त अध्ययन (२०६१), क्रान्ति
सौन्दर्य (२०६४), समीक्षा र सौन्दर्य (२०६५), माक्र्सवाद र संस्कृति (२०६६) माक्र्सवादी
दर्शन (२०६७), हिमाली दर्शन (२०७३) जस्ता विभिन्न राजनीतिक एवम् दार्शनिक
कृतिहरू प्रकाशित छन् । यी कृतिलाई माक्र्सवादी सौन्दर्यशास्त्र र नेपाली दर्शन क्षेत्रका
उल्लेख्य कृतिका रूपमा चिनिन्छ । चैतन्यले मसाल, माओवादी आदि पत्रिकाहरूको सम्पादन
पनि गरेका छन् । उनले साहित्यसेवा र विविध राजनीतिक एवम् दार्शनिक कृतिहरूको
लेखनबापत केही पुरस्कार र सम्मान पनि पाएका छन् । उनी नेपाली राजनीतिमा सांसद,
मन्त्री, प्रधानमन्त्री नभइ सुरक्षा फौज अगाडि पछाडि नलागाई नियुक्तिआदिका कुनै पनि
सरकारी सेवासुविधा नलिई जाल, झेल, षड्यन्त्रहरूबाट मुक्त निरन्तर विचार विमर्शको धारा
नछोडी बौद्धिक निष्ठा र आदर्शका साथ समर्पित राजनीतिक व्यक्तित्वका रूपमा सुपरिचित
छन् । उनलाई थोरै नेपाली दार्शनिकहरूमध्ये एक अग्रज विशिष्ट दार्शनिक व्यक्तित्वका
रूपमा चिनिन्छ । भानु मासिकका अघिल्ला अङ्कहरूमा पनि उनका केही विशेष लेखहरू
प्रकाशन हुँदै आएका छन् यस महिना वैद्यको जन्म महिना पनि भएकाले सम्मानस्वरूप
भानुको पहिलो रचनाका रूपमा उनको ‘श्रमशक्ति, कलाकृति र सौन्दर्यबोध’ शीर्षकको लेख
प्रकाशित छ यस लेखमा सौन्दर्यबोधलाई श्रमशक्तिका सापेक्षतामा विमर्श गरिएको छ । यस
लेखले दर्शन, राजनीतिक, अर्थशास्त्र, वैज्ञानिक समाजवाद र सौन्दर्य चिन्तनका सम्बन्धसूत्र
अन्वेषण गरेको छ । — सम्पा.
कला र सौन्दर्यको उत्पत्ति र विकासमा श्रमको महŒवपूर्ण भूमिका रहेको छ ।
श्रम त्यो आधार हो जसमा खडा भएर सौन्दर्य र कलाको सत्ता निर्मित भएको हुन्छ ।
श्रम, सौन्दर्य र कलाका बीचको सम्बन्धलाई उद्घाटन गर्ने काममा माक्र्स र एङ्गेल्सको
विशेष ऐतिहासिक योगदान रहेको छ । यस सन्दर्भमा माक्र्सद्वारा १८४४ मा लिखित आर्थिक
तथा दार्शनिक पाण्डुलिपिहरू शीर्षकको कृति बिशेष उल्लेखनीय रहेको छ । यस कृतिमा
माक्र्सवादका प्रारम्भिक बीजाणुहरू प्रचुर मात्रामा पाइन्छन् । र, यिनैको जगमा माक्र्सवाद
विकसित हुन पुगेको छ ।
यो पुस्तक मानिस किन दुःखित तथा पींिडत बन्न पुगे, मानिसमा कसरी मानवता
हरायो र उसलाई दुःखबाट मुक्त गर्न तथा उसमा हराएको मानवतालाई कसरी पुनःस्थापित
गर्न सकिन्छ भन्ने चिन्तन र चिन्ता दुवैमा आधारित छ । यसै कुरामा आधारित रही माक्र्सले
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र पुँजीसम्मका दर्शन, राजनीतिक अर्थशास्त्र र
वैज्ञानिक समाजवादका गहन अनुसन्धानपरक कृतिहरू निर्माण गर्नुभयो । यहाँ यी सबै विषय
होइन केवल श्रमशक्ति, कलाकृति र सौन्दयबोधबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
श्रमशक्ति
एङ्गेल्सका अनुसार श्रम र वाणी यस्ता शक्ति हुन् जसका आधारमा मानिसको
उत्पत्ति तथा विकास हुन पुग्यो । श्रमले वानरबाट मानिसमा गुणात्मक छलाङ्ग हान्ने काममा
महŒवपूर्ण भूमिका खेलेको छ । मानिसले आफ्ना आवश्यकता पूरा गर्ने क्रममा श्रमशक्तिको
श्रमशक्ति, कलाकृति र सौन्दर्यबोध प्रयोग गरेर विभिन्न प्रकारका औजारहरूको निर्माण ग¥यो । यस अर्थमा मानिसलाई औजार
बनाउने प्राणी पनि भनिन्छ । मानिसमा रचनात्मक वृत्ति हुन्छ । रचनात्मक वृत्ति भनेको
केही गरौँ भन्ने जिज्ञासा हो । यसै जिज्ञासालाई कार्यान्वयन गर्ने क्रममा मान्छेले सभ्यता,
संस्कृति र इतिहासको निर्माण ग¥यो । कलाकृतिहरूको रचना पनि यसै रचनात्मक वृत्तिलाई
व्यावहारिक रूप दिने प्रकृयामा भएको हो । मानवीय रचनात्मक वृत्तिको मूल आधार मानवीय
श्रमशक्ति हो । मानवीय श्रमशक्तिमा रचनात्मक ऊर्जा हुन्छ र त्यसै ऊर्जाले कलाकृतिलाई
जन्म दिने काम गर्दछ ।
मानिस प्रकृतिको उपज हो र त्यसले प्रकृतिसित सहकार्य गर्दछ । यस क्रममा
मानिसले एकातिर प्रकृतिलाई र अर्कोतिर स्वयम् आफैलाई रूपान्तरण गर्दछ । मानिसले
आफ्ना आवश्यकता पूरा गर्नका लागि उत्पादनमूलक गतिविधिलाई आगडि बढाउँछ ।
उत्पादनमा बृद्धि हुँदै जान्छ र एउटा निश्चित चरणमा व्यक्तिगत सम्पत्तिको उत्पत्ति हुन्छ ।
मानव जातिको सिङ्गो विकास प्रकृयालाई माक्र्सले तीन चरणमा प्रस्तुत गर्नुभएको छ । ती
मानवीकरण, विमानवीकरण र पुनःमानवीकरणका चरण हुन् ।
प्रकृतिसितको सहकार्यका बीचबाट मानिसले आफूलाई पशुबाट मानिसमा बदल्दै
लग्यो । मानिसले आफ्ना ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूको विकास गर्दै गयो । ऊ प्राकृतिक
अवस्थाबाट मानवीय अवस्थामा बदलियो । उसले आफ्ना प्राकृतिक सहज वृत्तिलाई बौद्धिक
दिशा प्रदान गर्दै गयो । यसलाई मानवीकरणको चरण भनिन्छ । यस चरणमा मान्छे सामूहिक
जीवन पद्धति अर्थात् आदिम साम्यवादी समाजमा आबद्ध थियो । त्यो बेला कुनै शोषण,
उत्पीडन, व्यक्तिगत सम्पत्ति, राज्यसत्ता जस्ता चिज थिएनन् । जब उत्पादन विकसित हुँदै
गयो र व्यक्तिगत सम्पत्तिको प्रादुर्भाव हुनपुग्यो अनि स्थितिमा क्रमशः परिवर्तन आउन थाल्यो ।
त्यसै क्रममा मानिस शोषक र शोषित वर्गमा विभाजित भयो । राज्यसत्ता जन्मियो । शोषित तथा
गरिबहरूले श्रम गर्दै र शोषकहरूले श्रम लुट्दै गए । मानिसले जुन वस्तु उत्पादन ग¥यो त्यो
उसको नभई अर्कैको हुन पुग्यो अनि श्रमिक वर्गको विमानवीकरण भयो । माक्र्सका अनुसार
श्रमले धनीका लागि आश्चर्यजनक वस्तु पैदा गर्छ तर श्रमका लागि गरिबी, यसले दरवादरहरू
पैदा गर्दछ परन्तु श्रमिकका लागि झोपडीहरू, यसले सौन्दर्य पैदा गर्दछ परन्तु श्रमिकका लागि
कुरूपता । दास समाज, सामन्ती समाज र पुँजीवादी समाज यसै विमानवीकरणका उपज हुन् ।
यो विमानवीकरणको चरण हो र यसैबेला कलाले मालको रूप लिन पुग्यो । परन्तु माक्र्सका
अनुसार त्यो स्थिति सदैव रहँदैन । श्रमको विश्व विद्यालयमा श्रमिक वर्ग खारिंदै, माझिदै तथा
क्रान्तिका लागि समर्थ बन्दै जान्छ । उसले विमानवीकरणमा आधारित उत्पीडनकारी समाज
व्यवस्थाका विरुद्ध विद्रोह गर्दछ । अनि उसले जनवाद तथा समाजवाद हुँदै पुनः साम्यवादमा
पदार्पण गर्दछ । यसैलाई पुनः मानवीकरणको चरण भनिन्छ । यस चरणमा मानिस आफ्नो
श्रमशक्तिद्वारा उत्पीडित सबै वस्तुको मालिक स्वयम् आफै बन्न पुग्दछ ।
वस्तुतः श्रमशक्तिको स्वामी श्रमिक वर्ग हो । उसले समाजको ऐतिहासिक विकास
प्रकृयामा प्रकृति र स्वयं आफैलाई बदल्दै नयाँ सभ्यता र संस्कृतिले सम्पन्न नयाँ संसारको
निर्माण गर्दछ । श्रमिक वर्गले आफ्नो वर्गीय अस्तित्व समाप्त पार्दछ । शोषण उत्पीडनको
प्रकृयामा आफूभित्र क्षतविक्षत बनेको, विलुप्त भएको र हराएको मानवतालाई उसले पुनः
प्राप्त गर्दछ । अनि उसले साँचो अर्थमा नयाँ मानवतावादी युगमा प्रवेश गर्दछ ।
कलाकृति
कला भनेको मानवीय रचना हो । यो श्रमद्वारा निर्मित हुन्छ । कलालाई विविध
ढङ्गले वर्गीकृत गर्न सकिन्छ । परन्तु कलाको असली वर्गीकरण भौतिक र सांस्कृतिक
उपयोगिताका आधारमा गर्नु बढी उपयुक्त हुन्छ । यसरी हेर्दा कला दुई प्रकारका छन्– उपयोगी
कला र ललित कला । उपयोगी कला त्यो हो जसले मानिसका भौतिक आवश्यकताहरूको
परिपूर्ति गर्दछ । यसअन्तर्गत मानिसद्वारा निर्मित सबै उत्पादन पर्दछन् । परन्तु ललितकलाले
भने मानिसका सांस्कृतिक आवश्यकताहरूको परिपूर्ति गर्दछ । ललितकलाअन्तर्गत मूलतः
साहित्य, सङ्गीत र चित्र एवम् मूर्तिकला पर्दछन् । उपयोगी र ललित दुवै प्रकारका कलामा
सौन्दर्य हुन्छ । तर सौन्दर्यात्मक दृष्टिले ललितकलाले नै प्राथमिक महŒव राख्दछ ।
आन्तरिक र बाह्य तŒवको संयोजनबाट कलाकृति बन्दछ । कलाकृतिको
आन्तरिक तŒवलाई अन्तर्वस्तु र बाह्य तŒवलाई रूप भनिन्छ । कलाको अन्तर्वस्तु विचार,
अनुभूति, जीवनमूल्य, मनोभाव जस्ता घटकहरूको संश्लेषणबाट निर्मित हुन्छ । जब कलाको
अन्तर्वस्तुले कुनै आकार ग्रहण गर्दछ त्यसैलाई रूप भनिन्छ । कलाको रचना प्रकृया आत्मगत
र वस्तुगत पक्षको अर्थात् कलाकार र संसारका बीचको द्वन्द्वात्मक अन्तर्कृयामा आधारित
हुन्छ । कला भनेको कालाकारको सृजना हो र त्यसमा सामाजिक जीवन प्रतिबिम्बित भएको
हुन्छ ।
कलाकृतिमा विषयवस्तुले निकै व्यापक क्षेत्रलाई समेट्दछ । कलाको विषयवस्तुमा
संसार, समाज, विचार, भाव, राजनीति, अर्थनीति, नैतिकता, युद्ध आदि सबै चिज पर्न
सक्तछन् । कला सामाजिक चेतनाको एउटा रूप हो । कलालाई सामाजिक चेतनाका अन्य
रूपभन्दा भिन्न देखाउने विशिष्ट तŒव भनेको सौन्दर्य नै हो ।
प्रारूप निर्माण कलाका लागि अनिवार्य रूपमा आवश्यक हुन्छ । कलामा प्रारूपीकरण
यथार्थको कलात्मक प्रतिविम्बनमा आधारित हुन्छ । प्रारूपीकरणको अर्थ सामाजिक जीवनको
नयाँ यथार्थ र युग चेतनालाई प्रतिनिधिमूलक परिघटना विचार, भाव र चरित्रको सृजना
गरी रूपाङ्कन गर्नु हो । प्रारूप निर्माण भनेको स्वैरकल्पना, भद्दा प्रतिलिपि र औसत चयन
होइन । यो यथार्थको कलात्मक र भविष्य दृष्टिमा आधारित प्रतिविम्बन हो ।
माक्र्सवादी कलाकृतिको सिद्धान्त र पद्धतिलाई समाजवादी यथार्थवाद भनिन्छ ।
यसअनुसार कलाकृति वर्गीय, सोद्देश्य र प्रवृतिमूलक हुन्छ । समाजवादी यथार्थवादका अनुसार
एकातिर अन्तर्वस्तुलाई प्रधानता दिइन्छ भने अर्कोतिर कलाकृतिको मूल्याङ्नका निम्ति
अन्तर्वस्तु र रूपको एकरूपताको मापदण्ड अवलम्बन गरिन्छ । समाजवादी यथार्थवादका
अनुसार कलाकृतिले दर्शक पाठकहरूलाई शिक्षा र आनन्द प्रदान गर्नुका साथै सामाजिक
तथा सांस्कृतिक रूपान्तरण र उदात्तीकरणका लागि पनि उल्लेखनीय भूमिका निर्वाह गर्दछ ।
सौन्दर्यबोध
सौन्दर्य भनेको कुनै वस्तु तथा परिघटनासित सम्बन्धित विशिष्ट संवेदना र बोध
हो । यो मानवीय श्रम तथा रचना प्रकृयाका बीचबाट जन्मिएको हो । सौन्दर्यको उत्पत्ति
र विकाससितै सौन्दर्य चेतना पनि विकसित हुन पुग्यो । सौन्दर्य चेतनाको उत्पत्ति र
विकासलाई मानव जातिको इतिहासमा एउटा विशिष्ट परिघटनाका रूपमा लिने गरिन्छ ।
सौन्दर्यको सृष्टि श्रम प्रकृयामा आत्मगत र वस्तुगत पक्षको संश्लेषणका बिचबाट
भएको हो । मानवीय श्रमबाट जुन वस्तुको उत्पादन वा रचना भयो त्यस वस्तुले मानवीय
आवश्यकताको परिपूर्ति गर्दै गयो । त्यस वस्तुमा मानिसका भौतिक आवश्यकता पूरा गर्ने
उपयोगी गुण थिए । सुरुमा श्रमप्रकृयाका बीचबाट जुन रचना, उत्पादन वा कला निर्मित भए
ती भौतिक उपयोगिताका दृष्टिले मूल्यवान थिए, नकि सौन्दर्यात्मक दृष्टिले । यसरी हेर्दा
के स्पष्ट हुन्छ भने मानिसले श्रम प्रकृयाका बीचबाट पहिले कला र त्यसपश्चात् सौन्दर्यतर्फ
पाइला चाल्न पुगेको छ । माक्र्सको भनाइमा मानिसमा यस्तो क्षमता हुन्छ जसले सौन्दर्यका
नियमअनुसार पनि वस्तुको रचना गर्न सक्तछ ।
हामीले जसलाई सौन्दर्य भन्दछौँ त्यो संबन्धित वस्तुमा रहेको विशिष्ट गुण हो । त्यो
मनमोहक, आनन्ददायी र आह्लादमयी हुन्छ । सौन्दर्य प्रकृति, मानव जीवन र कला सबैमा
पाइन्छ । प्रकृति स्वयं सुन्दर हुँदैन, त्यो श्रम तथा सृजन कार्यद्वारा मानवीकरणको क्रममा सुन्दर
हुन्छ । मानव जीवन सुन्दर हुन्छ र मानवको अभावमा प्रकृति तथा कलामा सौन्दर्यको अस्तित्व
हुँदैन । तर सौन्दर्यको घनीभूत अभिव्यक्ति भने साँचो अर्थमा कलामा नै हुन्छ र कलामा नै
प्रकृतिका साथमा मानवजीवन पनि सौन्दर्यात्मक ढङ्गले प्रतिविम्बित भएको हुन्छ ।
कुनै पनि वस्तु निरपेक्ष रूपमा सुन्दर हुन सक्तैन, सुन्दरको साथमा कुरूप पनि
हुन्छ । सुन्दर र कुरूपको सङ्घर्षका बीचबाट सौन्दर्यको सृष्टि हुन्छ । यसका साथै,
दुःखात्मक तथा सुखात्मक÷प्रहसनात्मक, उदात्तता तथा नीचता, सङ्गति तथा असङ्गति
जस्ता पक्षहरू पनि सौन्दर्यबोधसित जोडिएका हुन्छन् ।
सौन्दर्यको निर्माणमा दुई तŒवले काम गरेका हुन्छन्–आन्तरिक र बाह्य । आन्तरिक
तŒव भनेको मानव जीवन हो । त्यसमा सुख र दःुखका असङ्ख्य अनुभूति, विचार र भाव
जस्ता पक्ष रहेका हुन्छन् । बाह्य तŒव भनेको जीवनको स्थूल संरचना हो । यो रूपाङ्कन,
आकृति निर्माण र विम्बविधानको विषय हो । जहाँ आन्तरिक र वाह्य तŒवका बीच सङ्गति
स्थापित गरिएको छ त्यसैमा सौन्दर्य अभिव्यक्तिएको हुन्छ ।
वर्गसमाजमा उत्पीडक र उत्पीडित वर्गका सुख तथा दुःखका अनुभूति र
मनोभावहरूको स्वरूप वर्गीय हुन्छ । त्यसैले वर्गसमाजमा सौन्दर्यले वर्गीय स्वरूप ग्रहण
गर्दछ । मानवीय श्रम प्रकृयाको इतिहासमा निजी सम्पत्ति र वर्गको उत्पत्तिसितै जुन
विमानवीकरणको प्रकृयाको थालनी र विकास भयो त्यसबाट सौन्दर्यानुभूति र सौन्दर्यबोधको
स्वरूप पनि वर्गीय हुन पुग्यो । वर्गसमाजको अन्त्यसितै सौन्दर्यको स्वरूप पनि परिवर्तित
हुने कुरा स्वतः स्पष्ट छ ।
कुनै वस्तु तथा परिघटनामा सन्निहित आनन्ददायी तथा आह्लादकारी तŒव नै
सौन्दर्य हो । सौन्दर्यको प्रत्यक्षीकरण वा ज्ञानलाई सौन्दर्यबोध भनिन्छ । सुन्दर, सौन्दर्य वा
सौन्दर्यबोध सुन्न वा देख्नमा जति सहजताको अनुभूति छ त्यसको व्याख्या गर्न त्यति सजिलो
छैन । सौन्दर्यबोध सामाजिक जीवन र जगत्को सौन्दर्यात्मक आत्मसातीकरणका मूर्त तथा
अमूर्त, सामान्य तथा विशिष्ट र अन्र्तवस्तु तथा रूपका विभिन्न पक्ष एवम् तिनका द्वन्द्वात्मक
सम्बन्धको श्रृङ्खलाका बीचबाट विकसित हुने ज्ञान हो । यो सहज र जटिल दुवै प्रकारको छ ।
मूल्यबोधका दृष्टिले पनि सौन्दर्यको अध्ययन गरिन्छ । सौन्दर्य कुनै विशिष्ट
प्रकारको विशुद्ध मूल्य होइन । यो उत्कृष्ट जीवन मूल्यको संश्लिष्ट रूप हो । सौन्दर्य
संज्ञानात्मक रूपमा सत्य र सङ्कल्पात्मक रूपमा शिवसित जोडिएको छ । सौन्दर्य प्रीतिकारी
तथा मनोहारी हुनुका साथै बोधकारी र हितकारी पनि छ । सौन्दर्य भौतिक उपयोगितासित
पनि सम्बन्धित छ । तर यो त्यसमा सीमित छैन । यसले भौतिक उपोगिता भन्दा गुणात्मक
रूपमा फरक सांस्कृतिक उपयोगितामा फड्को मार्ने काम गर्दछ । हामीले त्यसै वस्तु वा
कलालाई सुन्दर भन्दछौँ जसले मानिसका सौन्दर्यपरक आवश्यकताको परिपूर्ति गर्ने सामथ्र्य
राख्दछ । सौन्दर्यमूल्यको मापदण्ड मानिसको सामाजिक व्यवहार नै हो ।

उपसंहार
माक्र्सवादी दृष्टिकोणमा आधारित श्रमशक्ति, कलाकृति र सौन्दर्यबोध सम्बन्धी
कतिपय मान्यतावारे सङ्क्षिप्तमा चर्चा गरियो । यो विषय दर्शन, राजनीतिक अर्थशास्त्र
तथा वैज्ञानिक समाजवाद र सौन्दर्यचिन्तनसित पनि सम्बन्धित रहेको छ । माक्र्सवाद एक
अखण्ड सैद्धान्तिक विज्ञान हो । यसमा सबै शास्त्रहरूको संश्लेषण पाइन्छ । माक्र्सवादलाई
विकसित तुल्याउने काममा लेनिन र माओको महŒवपूर्ण योगदान रहेको छ । साहित्य, कला
र सौन्दर्यचिन्तनको फाँटमा विभिन्न माक्र्सवादी लेखक कलाकारहरूले विशद रूपमा प्रकाश
पार्दै आएका छन् । यो अध्ययन दुनियाँ बुझ्ने र मुख्यतः बदल्ने प्रश्नसित सम्बन्धित छ ।
आज सिङ्गो विश्व भूमण्डलीकृत नवउदारवादी साम्राज्यवादको शोषण तथा
उत्पीडनमा छटपटाइरहेको छ । आज एकातिर विश्वभरका मजदुर तथा श्रमिक जनसमुदायले
आफ्नो श्रम शक्तिमार्फत अकूत सम्पदाको निर्माण गरी संसारलाई समृद्धिको उच्च शिखरमा
पु¥याएका छन् भने अर्कोतिर साम्राज्यवादले ती मजदुर तथा शोषित पिंडित जनसमुदायको
श्रमशक्तिको शोषण गरी विमानवीकरणको प्रकृयालाई तीब्र वेगमा अगाडि बढाइरहेको
छ । आज संसार एकातिर अति प्रचुरता र अर्कोतिर भयानक गरिबीको अन्तर्विरोधमा
छटपटाइरहेको छ । आज नेपालमा पनि मजदुर वर्ग र आम जनसमुदाय देशभित्रका दलाल
तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गको राज्यसत्ता र भूमण्डलीकृत नव उदारवादी
साम्राज्यवाद÷विस्तारवादको उत्पीडन र विमानवीकरणको मारमा परिरहेका छन् ।
आज विश्व र नेपालका सबै माक्र्सवादी तथा प्रगतिशील लेखक कलाकारहरूले
विमानवीकृत मजदुर वर्ग तथा शोषित पीडित जनसमुदायको दःुख दर्दको अवस्था एवम्
त्यसका विरुद्ध चलाइएका सङ्घर्षलाई सौन्दर्यात्मक ढङ्गले आत्मसात गर्ने र सिङ्गो
संसारलाई सौन्दर्यका नियमअनुसार बदल्ने अभियानमा विशेष जोड दिन जरुरी छ ।
