धनिया सदाका आँसु (कथा)

कथा

कथा
हरिहर खनाल नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको परिचय भानु
मासिकका विविध शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली कथा परम्परामा वरिष्ठ
प्रगतिवादी कथाकारका रूपमा सुपरिचित छन् । उनी भानु पत्रिकाका तर्फबाट उत्कृष्ट रचना
पुरस्कारबाट पुरस्कृत प्रतिभा पनि हुन् । भानुको प्रस्तुत शृङ्खलामा उनको ‘धनिया सदाका
आँसु’ शीर्षकको कथा समेटिएको छ । यस कथाले निम्न वर्गीय समाज र परिवारका बहुमुखी
समस्यालाई उजागर गरेको छ । यस कथाले नेपाल र भारतका निम्न वर्गीय परिवारका
समस्यालाई साझा समस्याका रूपमा देखाउँदै त्यसमा पनि नारीहरूका समस्यालाई उजागर
गरेको छ ।
— सम्पा.
हरिहर खनाल
धनिया सदाका आँसु
सा“झ पा“च बजेको रेडियोमा एस.ई.ई.को नतिजा प्रकाशित भएको समाचार
प्रसारण भएस“गै टोलछिमेकका घर–घरमा को–को पास भए होलान् भन्ने प्रकारको
खुल्दुलीले मानिसहरूका मनमा अशान्त वातावरणको बिउ रोपिएको थियो । घरबाट
सडकमा निस्केको अर्जुन सदा पनि साथीहरूस“गै गोलबजारतिर लाग्यो । अलिकति पर
पुगेपछि बुधना, बलदेव, ललिता र अम्बिका भेट भए । तिनीहरू सबैको ध्यान आफ्नोे
नतिजाको अड्कलबाजीमा केन्द्रित थियो । तीन किलोमिटर पर बजारको पुछारमा रहेको
साइबर पुग्न तिनीहरू सबै कस्सिएर हि“डिरहेका थिए । त्यति बाटो तय गर्न करिब १५
मिनेटको समय तिनीहरूले खर्च गरिसकेका भए पनि पा“च मिनेटमा नै त्यहा“ पुगेको
जस्तो लागेको थियो तिनीहरूलाई ।

बजार हजार भन्ने त चलनै छ । अर्जुनहरू साइबरको प्राङ्गणमा पुग्दा त्यहा“
नतिजा हेर्ने केटाकेटीहरूको एउटा ठुलै भीड लागिसकेको थियो । अर्जुन र उसका
साथीहरू आआफ्नो कोडनम्बर टिपिएका कागजका ससाना टुक्राहरू हातमा लिएर
लाइनमा बसे । यस्तै बीस मिनेटजतिमा तिनीहरूको पालो आयो । जजसले आफ्ना
नतिजा हेरिसकेका थिए, तिनीहरू उज्यालो अनुहारमा अनेक कुरा गर्दै बाहिरिइरहेका
थिए । यता अर्जुन र उसका साथीहरूका अनुहारमा एक प्रकारको कुतूहल भरिएको प्रस्टै
अनुभव गर्न सकिन्थ्यो ।
अत्यास र छटपटीका पट्ट्यारलाग्दा क्षणहरू धकेलेर अन्ततः तिनीहरूले एउटा
पर्वतारोहीले शिखरमा पाइला राखेसरि मनमा विजयको भाव लिएर कम्प्युटरको नजिक
पुगेका अर्जुन र उसका साथीहरूले हातमा समातिराखेका कागजका चिर्कटाहरू एकएक
गरेर कम्प्युटर अपरेटरलाई दिए । अपरेटरले पनि तिनीहरू सबैका सङ्केत नम्बरहरू
कम्प्युटरमा प्रविष्ट गरेपछि देखिएको नतिजा हरेक नम्बरको चिर्कटोमा लेख्दै सम्बन्धित
व्यक्तिलाई फिर्ता दियो । अर्जुनले आफ्नो स्लिपमा हे¥यो, राइट चिह्न लागेको रहेछ ।
उसका साथीहरूसमेत सबै उत्तीर्ण भएका थिए । तिनीहरू सबैको अनुहारको आभा
बिहानीपख घाम झुल्किनै लाग्दाको क्षितिज किनाराको आकाशजस्तै शान्त, स्निग्ध र
प्रज्वलित देखियो ।
तिनीहरू साइबरबाट बाहिरिएपछि एकछिनसम्म त्यही“ अगाडि साडकछेउमा
नै उभिएर एक अर्काका अनुहारमा हेर्दै हात मिलाउ“दै बधाई साटासाट गरे । त्यसपछि
तिनीहरू घरतिरको बाटो लागे । बाटामा नै तिनीहरूले भोलि बिहान सबेरै लब्धाङ्कपत्र
लिन स्कूल जाने सल्लाह मिलाए । तिनीहरू घर पुग्दा पश्चिमको आकाश किनारामा घाम
डुबिसकेको थियो र त्यस वरपरको वातावरणमा सा“झपखको अ“ध्यारोको पातलो च्यादर
बिस्तारै फैलन थालेको थियो ।
गाउ“मा पुगेपछि भोलि बिहान सात बजे चोकमा भेट भएर स“गै स्कूल जाने
सल्लाह मिलाएर अर्जुन र उसका साथीहरू एकआपसमा विदाइका हात हल्लाउ“दै
आआफ्ना घरतिर लागे ।
अर्जुन घर पुग्दा उसको बाबु धनीलाल सदा इनारबाट बाल्टिनमा पानी
तानिरहेको थियो । ऊ हातखुट्टा धु“दै थियो । छ कक्षामा पढ्ने अर्जुनकी बहिनी अस्मिता
गोठमा लामखुट्टे धपाउन भुसमा सल्काएको आगोमाथि हरियो घा“सपात राखेर धुवा“
पुत्ताइरहेकी थिई । अर्जुनकी आमा धनिया सदा भित्रतिर खाना तयार गर्ने काममा
लागिरहेकी थिई । आ“गनमा टेक्ने बित्तिकै अर्जुनले ‘माई’ भन्दै आमालाई बोलायो ।
अर्जुन बोलेको सुनेपछि धनीलाल सदाले अर्जुनतिर हे¥यो र हातखुट्टा धोइसकेर घरतिर
फर्कियो । अस्मिता पनि धुवा“ पुत्ताइरहेको घुरमाथि फेरि अलिकति हरियो झारपात थपेर
घरतिर फर्किई । त्यसपछि अर्जुनको बाबु धनीलाल, आमा धनिया र बहिनी अस्मिता

तीनैजना लगभग एकै समयमा आ“गनमा पुगे । अर्जुनले उज्यालो अनुहार बनाएर बाबु,
आमा र बहिनीतिर हेरेर भन्यो, “माई, म पास भए“ ।” उसले त्यसो भनेको सुनेपछि
धनियाको अनुहारमा आनन्दको एक लहर दौडियो र उसले भावविभोर हु“दै भनी, “मेरो
आसिक छ बबुवा, तिम्रो भलाई होओस् ।” यति भनेर धनियाले उसका आ“खामा भरिएका
खुसीका आ“सु आ“चलको छेउले पुछी ।
“स्यावास् अर्जुन बेटा । आज तिमीले मेरो छाती चौडा बनायौ ।” यति भनेर
धनीलालले उसका दुवै हात अर्जुनतिर फैलायो । अर्जुन पनि हर्षले प्रफुल्ल हु“दै उसको
बाउको छातीमा टा“सिन पुग्यो । त्यसपछि धनियाले छोराको टाउकामा हात राखेर आसिक
दियो, “भगुमानले सधै“ तिम्रो रक्षे गरून् ।” त्यो सबै गतिविधि देखेर हर्षविभोर भएकी
अस्मिता खुसीले रमाउ“दै दाजुतिर हेरेर मुस्कुराई । त्यसपछि सोधी, “स्कोर कति छ रे
दादा ?”
“भोलि बिहान मार्कसिट हेरेपछि थाहा हुन्छ ।” अस्मिताको प्रश्नको उत्तरमा
अर्जुनले भन्यो ।
भोलिपल्ट बिहान लब्धाङ्कपत्र लिन साथीहरूस“गै स्कूल पुगेको अर्जुनले त्यहा“
भेट भएका उसका सहपाठी साथीहरूसित शुभकामना आदान–प्रदान गरेपछि ऊ घर
फर्कियो । घर पुगेपछि सबभन्दा पहिले अस्मिताले दाजुको हातको लब्धाङ्कपत्र समाती
र आ“गनमै उभिएर सरसर्ती हेरी, त्यसपछि अर्जुनलाई बधाई दि“दै फेरि त्यो पत्र उसैलाई
फिर्ता दिई ।
“अब के विषय पढ्ने दादा ?’”अस्मिताले अर्जुनसित सोधी ।
“साइन्स ।” अर्जुनले छोटो उत्तर दियो । दाजु–बहिनीको कुरा सुनिरहेको
धनीलाल सदाले “त्यसो भनेको के हो ?” भन्दै छोरासित सोध्यो ।
“त्यो भनेको डाक्टर, इन्जिनियर बन्ने पढाइको पहिलो खुट्किलो हो, बा ।”
अर्जुनले भन्यो । धनीलालको मनमा एक पटक उसको छोरो डाक्टर भएको चित्र आएर
मडारियो । ऊ भित्रभित्रै प्रफुल्ल भयो । त्यो खुसीलाई अभिव्यक्त गर्न उसले छोरासित
सोध्यो, “तेरो स्कूलमा पढाई हुने विषय नै होला नि त्यो, होइन र ?”
“होइन बा, हाम्रो स्कूलमा शिक्षा र कमर्स दुई विषय मात्रै पढाइ हुन्छ । साइन्स
पढ्न त गोलबजारपारिको ठुलो कलेजमा पुग्नुपर्छ ।”
“अनि हामी गरिप मान्छेले तेत्रो ठूलो कलेजमा कसरी पढाउन सक्छ र
बबुवा ?” धनीलालले गम्भीर मुद्रामा छोरासित भन्यो ।
“मलाई एउटा साइकिल भए जान–आउन सकिहाल्छु । एक पटक किताब–
कापी किन्ने, अनि भर्ना हुने । धेरै पैसा लाग्ने भनेको त्यत्ति हो ।” अर्जुनले सबिस्तार
बतायो ।

“अनि, कापी–कलम र भर्नामा कति खर्च लाग्छ नि?” धनीलाल आफ्नो मनको
आन्तरिक द्वन्द्वमा फस्न पुगेको थियो ।
“कापी किताबलाई यस्तै दश हजार जति लाग्ला, भर्नालाई चालिस हजार जति
भए पुग्छ ।” उत्साहित हु“दै अर्जुनले उत्तर दियो ।
“बाफ रे बाफ् ! हामी गरिप मान्छेले तेत्रो पैसा कहा“बाट ल्याउन सक्छ ?
आफ्नोे स्कूलमा जे पढ्न पाउ“छ त्यै पढ्ने ।” धनीलालले छोरालाई सम्झायो ।
“नाइँ बा, म त्यस्तो विषय पढ्दिनँ । मलाई डाक्टर भएर आफ्नो गाउ“घर,
जिल्ला र देशको सेवा गर्ने मन छ ।” अर्जुनले त्यसो भनेपछि धनीलाल वाल्ल परेर
छोराको अनुहारतिर हे¥यो ।
“अर्जुनको बा, छोराले जे भन्छ त्यै पढाइदिनु न, पछि कमाएर तिर्छ । धनियाले
आगोमा घ्यु थपी ।
“भन्नलाई त तिमीले सजिलै भनिदियौ, त्यत्रो पैसा मैले कहा“बाट ल्याउन
सक्छु ? हाम्रो सम्पत्तिको नाममा यही एक कठ्ठा घर–घडेरी र त्यही दुई कठ्ठा खेत त हो ।
त्यतिले पनि राम्ररी खान पुग्ने होइन । ज्याला–मजुरी नगरी सुक्ख छैन । म सकीनसकी
ज्यामी काम गर्न त्यसै रहरले गएको हु“ र ? ज्याला–मजुरी नगरी नुन–तेल पनि चल्ने
हैन । खेतको धानले पा“च महिनाभन्दा बढी समयलाई पुग्दैन । निबेकमाउलोमा बा“च्नुपर्ने
विवसता छ हाम्रो । तिमीलाई थाहा नभएको कुरा हैन ।” धनीलालले उसकी जहानलाई
लामै भाषण दिएर सम्झायो तर त्यतिले मात्रै धनियाको चित्त बुझेन ।
“ऋण खोजेर भने पनि एक पटक बेटालाई भर्ना गरिदिऊ“ । हाम्रो जिन्नगीको
आशा र भरोसाको दियो यै त हो ।” यति भनेर धनियाले अर्जुनतिर हेरी । अर्जुन र
अस्मिता चुपचाप बाबुआमाका संवाद सुनिरहेका थिए ।
धनीलाल सदा राति अबेलासम्म निदाउन सकेन । घरी देब्रे र घरी दाहिने
कोल्टो फेर्दै ऊ धेरै बेरसम्म छटपटाइरह्यो । त्यसका मनमा अर्जुनको पढाइखर्च कसरी
जुटाउने भन्ने चिन्ताले घर जमाएको थियो । यता अनिद्रामा छटपटाइरहेको धनीलालका
मनमा जस्तै उता धनियाका मनमा पनि अनेक तरहका कुरा खेलिरहेका थिए । धेरै बेर
मोथेपछि दहीबाट नौनी निस्केझै“ यसो गरे होला कि उसो गरे होला कि भन्ने चिन्तामा
डुबिरहेको धनीलालको दिमागमा एउटा विचार पलायो । उसको छिमेकी गाउ“ पूरवओरी
टोलाको पलट चौरसिया १५÷२० दिन अगाडि मात्र पञ्जाबबाट छुट्टीमा घर आएको
उसलाई थाहा थियो । ऊसित दुःख बिसायो भने काम चलाइदिन्थ्यो कि भन्ने सानो
आशाको दियो बल्यो उसको मनमा ।
“पूरवओरी टोलाको पलट पञ्जाबबाट आएको छ । त्यसले चलाइदेला कि
हाम्रो काम ?” सानो स्वरमा उसले धनियासित भन्यो । धनीलालको कुरा धनियालाई पनि
ठिकै हो कि झै“ लाग्यो ।

“बिहान उसलाई भेटेर आफ्नो कुरा राख न त । लागेको बियाज दिन्छु भन ।
क्यै सिप लागेन भने त्यै एक कठ्ठा खेत बेचेर पनि तिरम्ला । अहिल्यै बन्धकी खान्छ भने
पनि दिम् बरु । खान यसै पनि पुग्ने होइन क्यारे । बनीबुतो गरेर पनि खाम्ला हामी ।”
धनियाले लामै कुरा गरी । उसको कुरा सुनेपछि धनीलालको मनमा अलिकति शान्ति
छायो ।
“ठीक छ । म भोलि बिहान उसलाई भेट्न जान्छु ।” उसले त्यसो भन्यो र देब्रे
कोल्टो फर्किएर सुत्यो ।
धनीलालले हातमुख धोइसकेपछि गाईलाई एक अँगालो घा“स हाल्यो र घरतिर
फर्कियो । त्यति बेलासम्म धनियाले पनि बढारकुढार गरिसकेर पानी तताइसकेकी थिई ।
मन तातो एक गिला“स पानी पिइसकेपछि धनीलालले रातो सुतीको गम्छा का“धमा हाल्यो
र बाहिर निस्कियो । ऊ त्यसरी बाहिर जान लागेको देखेपछि धनियाले कुरो बुझिहाली ।
केही भनु“भनु“जस्तो लागेको भए पनि साइतको बेलामा किन बोल्नु भन्ठानेर ऊ चुप लागेर
बसी । धनीलाल टोलको पल्लो छेउको कुइनेटो नकटेसम्म धनिया एक टकले आ“खा
तन्काएर त्यतै हेरेर बसिरहेकी थिई ।
धनीलाल पलट चौरसियाको घर पुग्दा पलट गोरुलाई भुसा काटिरहेको थियो ।
कहिल्यै नआउने छिमेकी त्यसरी एकाएक उसको आ“गन कुल्चन पुगेको देखेर उसका
मनमा तरह तरहका जिज्ञासा पलाए । गर्दागर्दैको कामलाई त्यत्तिकै छोडेर ऊ इनारतिर
गयो र हातखुट्टा धोएर घरतिर आयो ।
“जयरामजीकी काका ।” उसले अलिकति झुकेर दाहिने हात छातीतिर ला“दै
धनीलाललाई अभिवादन ग¥यो ।
“जयरामजीकी भतिज ।” धनीलालले उसको अभिवादनको उत्तर त्यही शैलीमा
फर्कायो । त्यसपछि ती दुवैजना आ“गनको छेउमा रहेको बेन्चमा बसे । दुवैजनाले केही
बेरसम्म एक–अर्काका खुसहाल सोधपुछ र खोज–खबरी गरे ।
“कहिल्यै नआउने मान्छे, यसरी एकाबिहानै कति कामले आउनुभयो काका?”
पलट चौरसियाले शिष्टतापूर्वक धनीलालसित सोध्यो ।
“बाहिरबाट फर्केर आएपछि फुर्सदले गफगाफ गर्ने मेलोमेसो पनि मिलेको
थिएन । देश खाई शेष भएको जान्नेसुन्ने भतिजसित एकछिन भेटेर कुराकानी गरौ“जस्तो
लागेर आएको हु“ भतिज ।” धनीलालले पनि लामै उत्तर दियो ।
“आउनुभयो, राम्रै भयो । म पनि घर आइपुगेको यस्तै बीस दिनजति भयो ।
यताउता गर्दागर्दै फुर्सद नपाएर घरबाट बाहिरतिर हिँड्ने मेसो पनि खासै परेको थिएन ।
आउन पाएको छैन, जाने दिन फेरि आउनै लाग्यो । अब दश दिनपछि त फर्कनु पनि
परिहाल्छ ।” पलट चौरसियाले पनि उसका कुरा सद्भावपूर्ण शैलीमा यसरी सुनायो ।

“यसपालि अर्जुनले पनि एसएलसी. पास ग¥यो ।” धनीलालले प्रसन्न मुद्रामा
भन्यो ।
“ए, राम्रै गरेछ । जाति भयो । तपार्इंहरू सबैलाई मेरो बधाई छ । अर्जुनलाई
पनि मेरो शुभकामना सुनाइदिनुहोला ।” एकछिनपछि पलटले फेरि थप्यो, “अनि काकाका
केटाकेटी कति हुन् ?”
“दुईजना । छोरो त्यही अर्जुन मात्रै हो । एउटी छोरी छ, अस्मिता । आठौ“मा
पढ्छे ऐले । दुई वर्षको अन्तर छ, दाजु–बैनीको ।” धनीलालले सबै विवरण सुनायो ।
“सानो परिवार सुखी परिवार भन्छन् । त्यस्तै रै’छ ।” धनीलालतिर हेर्दै पलटले
भन्यो ।
“अर्जुनलाई पढाउन गाह्रो प¥यो भतिज । विज्ञान पढ्छु भन्छ । हामी पढेलेखेको
मान्छे होइन । उसले के भन्छ, म त रामरी कुरा पनि बुझ्दिन ।”
“राम्रै कुरा गरेछ त । आप्mनै गाउ“ नजिक हि“डेरै गए पनि भ्याउने दूरीमा
सरखारी स्कूल छ । घरको खाना खाएर पढ्न पाउ“छ । राम्रै विचार गरेछ उसले ।”
पलटले अर्जुनको प्रशंसा गरेको सुनेर धनीलालको मन प्रफुल्ल भयो । तर उसको व्यथा
भने अर्कै थियो ।
“त्यो त हो हेर भतिज, तर उसले पढ्ने विषय उसको स्कूलमा छैन रे ।
गोलबजारपारि सरखारी क्याम्पसमा मात्रै छ रे । तेसमा पनि चालिस हजार भर्ना गर्दा
मात्तै लाग्छ । दश हजार जतिको किताब–कापी लाग्छ भन्छ । त्यसमाथि उहा“सम्म पुग्न
एउटा साइकिल पनि चाहिन्छ भन्छ । हामी गरिप मान्छे, कहा“ पाउनु त्यत्रो पैसा?”
धनीलाल सदाले दुःखको पोको फुकायो ।
“त्यो त हो ।” धनीलाल सदाको अनुहारमा आ“खा अड्याएर पलट चौरसियाले
गम्भीर मुद्रामा भन्यो । त्यसपछि एकछिनसम्म धनीलाल सदा गम खाएझै“ चुप लागेर
बस्यो । त्यै बेलामा एउटी किशोरी दुई कप चिया लिएर बाहिर निस्किई र तिनीहरू
बसिरहेको बेन्च अगाडिको स्टुलमा राखेर फर्किई ।
“चिया खाउ“ काका ।” पलट चौरसियाले धनीलाल सदालाई भन्यो र एक कप
चिया आपूmले समात्यो ।
चियाको दुई–तीन चुस्की तानिसकेपछि दुबिधायुक्त स्वरमा धनीलाल सदाले
भन्यो, “मेरो काम चलाइदिन प¥यो भतिज । म लागेको ब्याज तिर्न तयार छु । अरू क्यै
उपाय चलेन भने खेत बन्धकीमा राखेर भने पनि भतिजको ऋण चा“डै नै तिर्छु म ।”
धनीलाल सदाले अनुरोधको स्वरमा भन्यो ।
“काकाको समस्या म बुझ्छु, तर मेरो त्यस्तो सामर्थ भए म यसरी घरबार
छोडेर किन अर्काको देशतिर लाग्थे“ र ? उता थोरैतिनो आम्दानी नहुने त होइन, तर त्यो
ओडापैरी, यताउता घरखर्च तिरनतारन गर्दैमा सकिइजान्छ । अनि त्यतिका पैसा कसरी
फाजिल हुन्छ र काका ?” पलट चौरसियाले सम्झाएको लवजमा भन्यो ।
“तेसो भए, कोई खेत खाने मान्छे पाइन्छन् कि ? खोज्नुप¥यो भतिज ।
अर्जुनको पढाई राम्रै छ । डा“ग्डर बन्छु भन्छ ।” धनीलाल सदाले तैपनि कुनै उपाय लाग्छ
कि भन्ठानेर दुःख पोख्यो ।
“त्यस्तो सपना देख्नु राम्रै भए पनि सम्भव हु“दैन काका । भएको दुई कठ्ठा
जमिन पनि बेचेर के खाएर जीवन निर्वाह गर्ने ?” पलट चौरसियाले सम्झाउने जवजमा
भन्यो ।
“त्यो त हो भतिज ।” धनीलाल सदाले सुस्तरी सही थाप्यो । त्यसपछि
एकछिनसम्म ती दुवै चुप लागे ।
आपूm भनेर आएको धनीलाल सदाको अवस्था बुझेपछि पलट चौरसियाको
मनमा धनीलाल सदाप्रति दया जाग्यो, सहानुभूति भरिएर आयो । उसले धनीलाल
सदालाई सम्झाउ“दै भन्यो, “अरूले घोडा चढेको देखेर आपूmले धुरी चड्ने कुरा गरेर हु“दैन
काका । बरू मेरो सल्लाह मान्नुहुन्छ भने अर्जुनलाई मसित पठाइदिनुस् । म उसलाई
उतै एउटा इलममा लगाइदिउ“ला ।” उसको कुराले धनीलाल सदालाई एकछिन त के
भनू“ के जस्तो लागेर आयो ।
“हुन त तपाई“को बात पनि राम्रै हो भतिज । आफ्नो खेतको धानले पा“च छ
महिना धान्न पनि मुस्किल पर्छ । ज्याला मजुरी नगरी सुख्ख छैन हामीलाई ।” उसले
भन्यो ।
“ल त काका, घर सल्लाह गरेर कुरो मिल्यो भने मलाई खबर गर्नुहोला ।” यति
भनेर पलट चौरसिया उठ्यो । धनीलाल सदा पनि ऊसित बिदा भएर घरतिर लाग्यो ।
ऊ घर पुग्दा बिहानको घाम आकाशमा निकै माथि पुगिसकेको थियो ।
घर पुगेपछि धनीलाल सदाले पलट चौरसियासित भएका सबै कुरा धनिया,
अर्जुन र अस्मिता सबैलाई स“गै राखेर सविस्तार सुनायो । भर्खर अठार पुगेर उन्नाईस
लागेको तामाको मुनोजस्तो कल्कलाउ“दो आफ्नो छोरो विदेशिने कुराको कल्पनाले
धनियाको मुटु भित्रभित्रै का“प्न थाल्यो । कहा“ बस्ला, के खालाआदि सम्झेर उसका आ“खा
रसाएर आए । उसले आ“चलको छेउले आ“सु पुछी । अस्मिताले पनि उसको दाजु अर्जुन
सा“च्चै नै भारततिर जाने नै पो हो कि भन्ठानेर भित्रभित्रै निकै नरमाइलो मानी ।
पलट चौरसिया पञ्जाबको पन्तनगर कृषि विश्वविद्यालयमा विगत सात वर्षदेखि
सुपरभाइजर पदमा कार्यरत थियो । सुरुका दुई वर्ष अस्थायी रूपमा काम गरेको उसले
त्यसपछि स्थायी हुने अवसर पायो । उसको कर्तव्यनिष्ठ लगन र इमानदारीको प्रतिफल
उसले आपूmलाई त्यहा“ छोटो समयमा नै एउटा असल मानिसका रूपमा स्थापित गरेको
थियो । विश्वविद्यालयका उच्च अधिकारीहरूसम्म नै उसको सहज पहु“च भएकै कारणले

उसले अर्जुनलाई त्यहा“ फोरम्यानका रूपमा दैनिक ज्यालादारीमा काममा लगाइदिन ऊ
सफल भएको थियो ।
अर्जुनले उसको पहिलो महिनाको पारिश्रमिकमध्येबाट एउटा किफायती दामको
मोबाइल सेट किन्यो र घर पठाइदियो । त्यसपछि बल्ल उसलाई सजिलैसित घरको
सञ्चो–विसञ्चो आदि हालखबर बुझ्न सजिलो भयो ।
अर्जुनले घर छोडेको तीन महिनामा नै दशै“ आयो । दशै“का बेला बाआमा,
बहिनी, गाउ“घरका साथीभाइ, छरछिमेक सबैका अनुहार अर्जुनका मनमा आएर नाच्न
थाले । उसलाई खूबै नरमाइलो लाग्यो । उसको जीवनकालमा चाडबाडका बेला यसअघि
ऊ कहिल्यै पनि घरबाहिर परेको थिएन । केही दिनपछि तिहार पनि आइहाल्यो । त्यति
बेला पनि उसकी बहिनी अस्मिताको सम्झनाले उसलाई खूबै सतायो ।
घर छोडेर विदेश गएको पूरा दुई वर्ष तीन महिनापछि अर्जुन १५ दिनको छुट्टी
लिएर दशै“मा घर फर्कियो । उसको आगमनले उसका बाआमा, बहिनी सबै खुबै खुसी
भए । यस अवधिमा उसले उता जा“दा लागेको ऋण तिरेर, लाईखाई बा“की बचेको एक
लाख रुपिया“ बाबु धनीलाल सदाको हातमा राखिदियो । पैसाको गड्डी हातमा परेपछि
अर्जुनको बाबु धनीलाल र आमा धनिया सदा दुवैजनालाई ती सा“च्चै नै धनी भएझै“
लाग्यो । खुसीले धनियाका आ“खा भरिएर आए ।
उति बेला अर्जुन विदेश लाग्दा ६ कक्षामा पढ्दैगरेकी उसकी बहिनी किशोरी
अस्मिता यति बेला आठमा पुगिसकेकी थिई र ऊ बिस्तारै बै“सका खुट्किला चढ्दै
थिई । त्यसका गालामा गुरा“स फुल्न थालेको थियो । ऊ आफै“देखि लाज मान्न थालेकीे
थिई । उसले स्कूलका सहपाठी साथीहरूलाई चकलेट बा“डेर सुटुक्क ‘स्विट सिक्सटिन’
मनाएको पनि अहिले त एक वर्ष बितिसकेको थियो ।
दशै“पछि लगत्तै अर्जुन पञ्जाबतिर फर्कियो । धनीलाल र धनियाले सल्लाह गरेर
घरको पुरानो फुसको छानो हटाएर त्यसमा कर्कट पाता लगाए । थोरैतिन बचेको रकम
अड्कोपड्कोमा काम चलाउनका लागि राखे ।
त्यै वर्ष चैत महिनादेखि संसारभर कोभिड १९ नामक कोरोना सङ्क्रमणको
महामारी फैलियो । नेपाल र भारत दुवै देशमा लकडाउन लागू भयो । स्कूल, कलेज,
बन्दव्यापार, सबै किसिमका यातायात सेवा, होटेल व्यवसाय, निर्माण कार्य सबै एकाएक
बन्द भए । श्रमिकवर्गको ज्याला, मजदुरीको काम गुम्यो । मानिसहरू घरको चौघेरामा
बन्द हुन पुगे । आज, भोलि भन्दाभन्दै हप्ता, महिना हु“दै समय घर्क“दैगयो । रोगका साथै
भोकले समेत मानिसहरू भटाभट मर्न थाले । घरभित्रको अन्नपात सकियो । सा“चोमुचो
राखेको दाम पनि सकियो । रासन किन्ने उपाय हरायो ।
धनीलाल र धनिया सदाको चुलोमा आगो बल्न छाडेको तीन दिन भैसकेको
थियो । धनीलाल इनारबाट घरतिर आउ“दै गर्दा एकाएक आ“गनमा पछारियो । धनिया र
÷घघ (२४३)
अस्मिताले गाउलेहरूसित हारगुहार गरेर उसलाई स्थानीय स्वास्थ्य चौकीमा पु¥याए ।
तर त्यहा“ पु¥याउनु अघि नै उसको प्राणपखेरु उडिसकेको थियो । मरिसकेको लासबाट
स्वाब निकालेर स्वास्थ्यकर्मीहरूले परीक्षण गरे र सरकारले उसलाई कोरोनाले मरेको
घोषण ग¥यो । तर धनियाले उसको लोग्ने भोकले मरेको बताई ।
धनीलाल सदाको मृत शरीरलाई स्वास्थ्य केन्द्रमा नै छाडेर घर फर्किएका
धनिया र अस्मिताले अर्जुनलाई फोन लगाए । बाउको एक्कासी मृत्यु भएको खबर सुनेर
अर्जुन स्तब्ध भयो । विश्वविद्यालय बन्द भएको तीन महिनाभन्दा बढी समय भैसकेको
थियो । त्यस अवधिमा सबै दैनिक ज्यालादारी श्रमिकहरूको काम गुमेको थियो । त्यसको
चपेटामा अर्जुन पनि परेको थियो ।
सारा यातायातसमेत बन्द भएको समयमा भारत तथा नेपालका समेत
दूरदराजका ठाउ“बाट आफ्ना झिटीझाम्टा बोकेर श्रमिकवर्गका मानिसहरू अलङ्घनीय
दूरी तय गरेर घर पुग्ने ध्येयले पैदल मार्च सुरु गरेका थिए । तीमध्ये कतिपय
मानिसहरूले थकाईस“गै भोक र प्यासले तड्पिएर छट्पटाउ“दै बाटामा नै प्राण त्यागेका
थिए । अर्जुनले भारतको पञ्जाबदेखि नेपालको तराईसम्मको दूरी त्यसरी नै तय गर्ने
हिम्मत यसअघि गर्न सकेको थिएन । बाबुको अवसानको खबरले ऊ विक्षिप्तजस्तै भयो ।
त्यही बेला महामारीकै बीच एक दिन भारतीय रेलसेवा खुल्यो र अर्जुन सदा
पलट चौरसियासित बिदा भएर घरको बाटो लाग्यो ।
भेलिपल्ट सा“झ नेपालको सीमानामा पुग्दा नाका बन्द थियो । दशगजाका यता
र उता दुवैतिर त्रिपाल टा“गेर क्वारेन्टाइन बनाइएका थिए । सेनाले समातेर अरूहरू सरह
अर्जुनलाई पनि त्यही“ राख्यो । पारि दशगजा किनारको क्वारेन्टाइनबाट अर्जुनले घरमा
फोन ग¥यो । “पिर नगर माई, म यता आइपुगे“ । अहिले क्वारेन्टाइनमा छु । यताबाट
छुट्ने बित्तिकै घर आइहाल्छु ।” अर्जुनको आवाज सुन्ने बित्तिकै “हमार बेटा !” भन्दै
धनिया डा“को छोडेर रोई ।
क्वारेन्टाइनमा बसेको दोस्रो दिनदेखि बिरामी परेको अर्जुन त्यसको पा“च
दिनपछि बिहानीपख छट्पटाउ“दै खाटबाट तल खस्यो र त्यसको केही बेरपछि त्यही“
म¥यो । सेनाको शव व्यवस्थापन टिमका मानिसहरूले अर्जुनको मृत शरीरलाई अरू
मृतकस“गै सामूहिक चिहानमा दफनाएर पुरे । त्यसपछि अर्जुनको मोबाइलको घन्टी
कहिल्यै बजेन ।
देशभर लकडाउन भएको पा“च महिना भन्दाबढी समय भैसकेको थियो ।
धनीलाल सदा बितेको पनि यति बेला त तीन महिना भैसकेको थियो । घरमै रहेको
बाबु धनीलाल सदा देशमा लागू भएको लकडाउनका कारण ज्याला मजदूरीका सबै
ढोका बन्द भएपछि खर्चको व्यवस्थापन हुन नसकेकै कारणले भोकमरीमा पर्न गएको
परिवारमा ऊ नै सबभन्दा पहिले त्यसको शिकार हुन पुगेको थियो । बाबुको अवसानको
घद्ध÷ (२४३)
खबर सुनेपछि घर फर्केको अर्जुन सदाको समेत सीमानापारिकै क्वारेन्टाइनमा पा“च
दिनको एकान्तबासपछि आफ्नो देशको माटोसमेत छुन नपाई बाबु बितेको हप्ता दिनपछि
अवसान भएको थियो । एकाएक आई लागेको त्यस प्रकारको बज्रपातको असहनीय
पीडाको हृदयविदारक अवस्थाबाट गुज्रेर आएका धनिया सदा र उसकी छोरी अस्मिताको
अनुहारबाट खुसी हराएको थियो । जिन्दगी एउटा निर्दयी समयको नाम हो जस्तो लाग्न
थालेको थियो तिनीहरूलाई ।
पहाडतिर दिनदिनै बाढी–पहिरो चलेका खबर सुनिन्छन्, तराईमा डुबानका
डरलाग्दा फेहरिस्त लगाउछन् मान्छेहरू । धनियाहरूकै गाउ“मा समेत अतिवृष्टिको
उपद्रोले सताएको थियो । भएको दुई कठ्ठा खेत कुनै किसिमले रोपिएको भए पनि
लगातारको अविरल वर्षाले धान पूरै डुबेको थियो । दिनदिनै पानी कटाउनु पथ्र्यो ।
आमा निदाएपछि पनि अस्मिताका आ“खामा निद्रा परेको थिएन । धेरै बेरसम्म
त्यसका मनमा तरह–तरहका कुरा खेलिरहेका थिए । बाहिर झमझम पानी परिरहेको
थियो । एक तमासको नियास्रो लाग्दो वातावरण विद्यमान थियो त्यहा“ । त्यसलाई भित्रभित्रै
अत्यास लागेर आयो । उसले जिरो वाटको मधुरो बत्तीको समेत स्वीच अफ गरी र
ओछ्यानमा पल्टिई ।
बिहानीपख ऊ बिउझ“दा पानी थामिएको थियो । एकाएक उसलाई पानीको
मुस्लो मडारिएर बगिरहेको खेतको याद आयो । ऊ उठी । हातमुख धोई र बाहिर
निस्किई । बाहिर झिसमिसे अ“ध्यारो थियो । उसले एकहातले टर्चलाइट र अर्को हातले
फरुवा समातेर खेतको बाटो लागी ।
खेतका गराका गौ“डा काटेर पानी तर्काउ“दै थिई, एक्कासी दुईजना मान्छे
परबाट ऊतिर आउँदै गरेको देखी । त्यसको मनमा कताकता डर लागेर आयो । यताउता
हेरी, दक्षिणतिरको पोखरीको डिलमा दुईजना मान्छे उभिएको देखी । त्यसको मन अल्लि
ढुक्क भयो ।
त्यति बेलासम्म आलीको डिलबाट हि“ड्दै गरेका ती दुई जना मान्छे उसको
एकदम नजिक आइसकेका थिए । तिनीहरू दुवै एकाएक अस्मितातिर बढे र उसका
पाखुरामा समाते । “मलाई छोड् । के गरेको यो ?” उनीहरूले घिच्याउन थालेपछि उसले
प्रतिबाद गर्न खोजी, तर उसको केही लागेन । तिनीहरूले घिच्याउ“दै उसलाई पोखरीको
डिलमा पु¥याए । त्यसपछि ती चारैजना मिलेर उसलाई लडाएर मुख थुने । त्यसपछि
उसको चेतना गुम्यो । के भयो उसले केही थाहा पाइन ।
उसको होस खुल्दा ऊ एक्लै पोखरीको डिलमा क्षतविक्षत अवस्थामा लडिरहेकी
थिई । त्यहा“ अरू कोही थिएन । एउटा निर्जीव मुढोजस्तो लाग्ने उसको क्षतविक्षत शरीर
मात्र थियो त्यहा“ । उसको दिमागले कुनै काम गर्न सकेको थिएन त्यति बेला । अचानक
के भएको थियो भन्ने कुरासमेत उसले राम्ररी याद गर्न सकिन । उसका भित्री कपडा
÷घछ (२४३)
च्यातिएका थिए । शरीर क्षतविक्षत भएको थियो । एकछिनसम्म कुनै कुरा पनि सुझेन
उसलाई । बेस्सरी डा“को छोडेर रुन मन लाग्यो उसलाई । यताउता हेरी । धरतीमा अझै
राम्ररी उज्यालो खसिसकेको थिएन । ऊ बलैशान्ती बिस्तारै घस्रेर उठी र सकीनसकी
लड्दैपड्दै घरतिरको बाटो लागी ।
घर पुग्नेबित्तिकै ऊ आमाको काखमा घोप्टिएर डा“को छोडेर रोई । धनिया
एकछिनसम्म त अलमलमा परेकी थिई, अस्मिताले विस्तारै दुई जना मान्छेले कसरी
जबरजस्ती समातेर घिच्च्याउ“दै पोखरीको डिलतिर लिएर गए भनेपछि धनियाको मुटु
बेस्सरी हल्लियो । त्यसपछि दुवै आमाछोरी अ“गालो हालेर धेरै बेरसम्म रोए ।
निकै बेरपछि धनियाले मुख धोएर आ“सु पखाली र वडाध्यक्षलाई फोन गरी ।
वडाध्यक्ष रामलखन चौधरी त्यसको केही बेरमा साइकल चढेर धनियाको घर पुग्यो ।
सुरुमा धनिया सदाले रामलखन चौधरीसित त्यस घटनाबारे सङ्क्षेपमा बताई ।
अस्मिता, आ“सु पुछ्दै टाउको निहुराएर आमाका कुरा सुनेर बसिरहेकी थिई । सबै कुरा
सुनिसकेपछि रामलखनले फैसला सुनायो, “पालिकाले हेर्ने केस होइन यो । पुलिसकहा“
जानुपर्छ ।”
“हामीले कसैलाई चिनेको छैन । पुलिसले हाम्रालागि के गर्दिन्छ ?” निरास
भावमा धनियाले रु“दै भनी । अन्यायमा परेका ती असहाय आमाछोरीको अवस्था देखेर
रामलखनको मनमा दया पलाएर आयो ।
“चल् भौजी, चौकी जाने ।” यति भनेर ऊ अघि लाग्यो । धनियाका आमाछोरी
उसको पछिपछि लागे ।
चैकीमा पुगेपछि रामलखनले पुलिस इन्चार्ज दलबहादुर थापासित भएभरको
घटना बतायो ।
“गाउ“घरको कुरा गाउ“मा नै नमिलाएर तपाई अध्यक्ष भएको मान्छे आफै“ले लिएर
आउने ?” पुलिसले रामलखनलाई उल्टै थर्काउन खोज्यो । रामलखन केही बोलेन ।
“उही“ गाउ“मै मुखियालाई भेट्ने र पञ्चायती बस्न लगाउने, उतै मिलाउने ।”
धनियातिर टेडा आ“खाले हेर्दै ऊ पन्छियो ।
“चल भौजी ।” रामलखनले धनियालाई भन्यो । त्यसपछि ती तीनैजना गाउ“को
नाइके मुखियालाई भेट्न पुगे । मुखिया ललनलाल राउतले उनीहरूको कुरा सुनिसकेपछि
भोलिपल्टका लागि पञ्चायती बोलाउने जवाफ दियो । त्यसपछि तिनीहरू घरतिर पर्किए ।
पञ्चायती सुरु भएपछि अस्मितासित सोधपुछ चल्यो । त्यहा“ धनियाका
आमाछोरीबाहेक सबै पुरुष मात्र थिए । तिनीहरूले सामान्य अवस्थामा सोध्न मिल्नेबाहेक
कतिपय अवस्थामा एउटा सभ्य समाजमा उच्चारण गर्नसमेत नमिल्ने किसिमका प्रश्नहरू
सोधेर अस्मिताको उछित्तो काडे । न्याय माग्न पञ्चायतीमा पुगेका धनियाका आमाछोरीको
नुर गिराउन खोजे तिनीहरूले । अस्मिताले त्यस प्रकारका कुनै पनि अश्लील प्रश्नको
उत्तर दिइन । ऊ केवल टाउको निहुराएर बसिरही । हिजो बिहान उसको अस्मिता लुट्ने
बलात्कारीहरूसमेत निर्धक्कसित त्यही सभामा बसिरहेका थिए ।
सभाको अन्त्यमा मुखिया ललनलाल राउतले गाउ“घर र टोल छिमेकमा आइन्दा
त्यस्ता घटना घटेका खण्डमा कडा कारवाही गर्ने र यस पटक चाहि“ कुनै साक्षी–प्रमाण
नभएको हुनाले मौखिक रूपमा भनेकै आधारमा केही गर्न नमिल्ने फैसला सुनायो ।
त्यसपछि पञ्चायती सकियो ।
घर पुगेपछि अस्मिता भित्र बसेर धेरै बेरसम्म घु“क्कघु“क्क गर्दै रोइरही ।
धनियाले छोरीको टाउकोमा हात राखेर कपाल सम्याइदिई र गालामा झरेका आ“सु
पुछिदिई ।
“नरो बिटिया, जे भयो त्यसलाई बिर्सिदे । यो गाउ“मा कोही नैखेवा हमार कुरा
सुनेके । सबैले हामीलाई हेपे । तिम्रो बाउ, दादा भएको भए आज यो गति हुने थिएन
हाम्रो । एक दिन दैवले निया“ देला नि हामीलाई ।” धनियाले अस्मितालाई सम्झाउने
कोसिस गरी । अस्मिताको भने हृदय छियाछिया परेको थियो । त्यसपछि ऊ धेरै बेरसम्म
केही नबोली यत्तिकै घोरिएर बसिरही ।
त्यै समयमा गोठमा गाई करायो । हिजोदेखि घा“सपानीको राम्रो व्यवस्था हुन
सकेको थिएन । धनिया ह“सिया लिएर बाहिर निस्किई ।
करिब आधा घण्टापछि धनिया घा“सको मुटो लिएर फर्किई र गाईलाई एक
पा“जो घास हालेर घर आई । घरभित्र पसेकी मात्र के थिई, एकै चोटी त्यसको सातो
गयो । घरको धुरी बलोेमा डोरीको पासोमा अस्मिताको शरीर झुण्डिइरहेको थियो ।
धनियाले हत्तपत्त डोरी काटी । हुरीको चपेटामा परेको भीरको डिलको एउटा बुढो
रुखसरी अस्मिताको शरीर मझेरीमा बजारियो । धनियाले रु“दै र कराउ“दै त्यसको
शरीरमा कतै धुकधुकी बा“की छ कि भनेर छामछुम गरी । तर, त्यहा“ जीवनको कुनै
सङ्केत थिएन । अस्मिताका आ“खा टाढातिर हेरेर ट्वाल्ल परिरहेका थिए र उसको
शरीर एउटा निर्जीव मुढोझै“ लडिरहेको थियो ।

Loading...