गजल
गजल
विपीन अगस्तिको परिचय भानुका अघिल्ला अङ्कहरूमा प्रकाशन भइसकेको छ ।
उनी शिक्षा र साहित्य क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको कलम सिर्जनातर्फ गजल विधामै
जमेको छ । भानुको प्रस्तुत अङ्कमा अगस्तिको ‘परे चोट गाढा कलेजीहरूमा’ बोलको गजल
समेटिएको छ । यस गजलले वियोगजन्य अनुभूतिलाई समेटेको छ । — सम्पा.
गजल
परे चोट गाढा कलेजीहरूमा
झरे आँसु मोती परेलीहरूमा
सजाएर आशा यता लौ वसन्ती
सुके फूल दिलका मझेरीहरूमा
नयनमा भरेर झरेको छ आँशु
छ भुङ्ग्रो मनैका अगेनीहरूमा
न भित्रै सरेको न बाहिरै परेको
छ चल्दै गुजारा बलेसीहरूमा
खुशी ओठका आँसुले नै बगाए
हराएछ हाँसो कलेटीहरूमा ।
Loading...

